अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड भन्छन्-क्लिन्टनको योजनाले तेस्रो विश्व युद्ध


 


donald-trumpबिबिसी, कार्तिक १०

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको सिरियाबारे विदेश नीति योजनाले तेस्रो विश्व युद्ध निम्तिन सक्ने बताएका छन् । अमेरिकाले सिरियाका राष्ट्रपति बशार अल असदको सत्ता गिराउनभन्दा इस्लामिक स्टेटलाई परास्त गर्नपट्टि ध्यानकेन्द्रित गर्नुपर्ने उनले बताए।

क्लिन्टनले सिरियाको हवाई क्षेत्रमा उडान निषेधको प्रस्ताव गरिरहेकी छन् । कतिपय विश्लेषकले त्यस्तो गरिए रुसी विमानहरुसंग टकराव बढ्ने बताइ आएका छन्।

ट्रम्पले चेतावनी दिंदै सिरियामा अमेरिकाले सिरियामात्रै नभइ सिरिया, रुस र इरानसंग लडिरहेको बताए। जनरल डनफर्डले सिरियाका आकाश नियन्त्रण गर्न सिरिया तथा रुससंग लड्नुपर्ने स्थिति रहेको बताएका छन्।

साथै, यदी क्लिन्टन निर्वाचित भए उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग कुराकानी गर्न नसक्ने समेत ट्रम्पले बताए। आफैंले दुष्टको रुपमा चित्रण गरेको पुटिनसंग क्लिन्टनले कुन मुखले वार्ता गर्न सक्ने भनी उनले प्रश्न गरेका छन्।

रुससंग सम्भावित टकरावबारे उनका यी पछिल्ला चेतावनी अमेरिकी सेनाका उच्च अधिकारीले हालै कंग्रेसमा भएको सुनुवाइका क्रममा व्यक्त गरेको चिन्तापश्चात आएका छन्।

जनरल जोसेफ डनफर्डले सिरियामा उडान निषेध गरिए रुससंग युद्ध हुन सक्ने चेतावनी दिएका थिए। सिरियाका आकाशभर आफ्नो नियन्त्रण कायम गर्न अमेरिकाले सिरिया तथा रुससंग लड्नु पर्ने स्थिति रहेको उनले बताएका थिए।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्