पाकिस्तानी सेनाको आक्रमणमा भारतीय सेनाका कमाण्डरको मृत्यु


 


एजेन्सी ।

जम्मु कश्मिर सीमा मा पाकिस्तानले फेरि सिज फायर (युद्ध विरमा) गरेको छ ।

आरएसपुरा क्षेत्र र अरनियाको सीमामा राति दुई बजेबाट फायरिङ भएको हो । आरएसपुरा क्षेत्रमा भएको फायरिङमा भारतीय सेनाको बीएफका कमाण्डर मारिएका छन् ।

उक्त आक्रमणमा परि ६ जना सर्वसाधारण पनि घाइते भएका छन् ।

बीएसएफले पनि जवाफी कार्वाही गरिरहेको भारतीय सञ्चारमाधयमहरुले जनाएका छन् ।

उक्त क्षेत्रमा बुधबार पनि पाकिस्तानले २४ घण्टा सम्म फायरिङ गरेको थियो ।

सर्जिकल स्ट्राइकपछि दुबै देशबीच ४१ पटक सीजफायर भइसकेको छ ।

पाकिस्तानी सेनाका रेन्जरले मंगलबार देखि त्यस क्षेत्रमा पटक पटक आक्रमण गरिराखेको छ । नौशेरा, आरएसपुरा र आरनिया जस्तो क्षेत्रलाई निशाना बनाएको छ भने सीमा पारि भारतीय सेनाको बीएसएफ पनि तयार छ ।

गत सोमबार सीमा पारिबाट फायरिङ हुँदा बीएसएफका एक जनाको मृत्यु भएको थियो भने एक जना बालकको पनि ज्यान गएको थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्