रुसद्धारा नयाँ परमाणु मिसाइल सार्वजनिक, अमेरिका, फ्रान्स र ब्रिटेर्नलाई झड्का


 


एजेन्सी ।
रूसले फेरि एक नयाँ मिसाइल आरएस–२८ सरमटको सार्वजनिक गरेको छ ।

रुसले उक्त मिसायल सार्वजनिक गर्नाले अमेरिका, फ्रान्स र ब्रिटेर्नलाई निकै झड्का लागेको सामाचारहरु बाहिर आएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुक अनुसार उक्त परमाणु मिसाइल यति शक्तिशाली छ कि एकैपटक पुरै ब्रिटेन र फ्रान्सलाई ध्वस्त पार्नसक्छ । यति मात्रै होइन् अमेरिकाको टेक्ससलाई पनि बर्बाद पार्न सक्छ ।

अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले यस मिसाइललाई सतन–२ पनि भनेका छन् ।

रूस सरकारको समाचार एजेन्सीले गत मे महिनामा समाचार दिएको थियो कि यो मिसाइलले अमेरिकाको टेक्सस होस् वा फ्रान्सको ठूलो क्षेत्र नष्ट गर्नसक्छ ।

रूसी मिडियाका अनुसार यो मिसाइल एकसाथ १६ वटा परमाणु बमहरुलाई अलग अलग ठाउँमा फाल्न सक्छ ।

मिसाइलको तौल १० टन हुनेछ र साथै यो १० टन सम्मको परमाणु भण्डार लैजान सक्षम हुनेछ । यति मात्रै होइन् जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले हानेको परमाणु बमभन्दा यो २ हजार गुणा शक्तिशाली हुनेछ ।

यसअघि रूसले गत अप्रिलमा कथित रुपमा हाइपरसोनिक बमको परीक्षण गरेको थियो जसको प्रयोग पनि सतन–२ मिसाइलमा नै प्रयोग गरिनेछ । यतिमात्रै होइन् यो रडारमा पनि देखिदैन् । यसलाई हावामा पनि रोक्न सकिदैन् ।

यो मिसाइलले रूसको पूरानो मिसाइलको ठाउँ लिनेछ ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्