बिपीले देखाएको बाटो कांग्रेसले आत्मसात गर्नुपर्छ : नेता प्रकाशमान सिंह


 


काठमाडौं, साउन ६
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिपीले देखाएको प्रजातन्त्रको बाटो नेपाली कांग्रेसले आत्मसात गर्नुपर्ने बताएका छन् ।

बुधवार बिपी स्मृति दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ नेता सिंहले बिपीले देश र जनतालाई सर्वोपरी ठानी संविधानवाद र प्रजातन्त्रको बाटोमा हिड्न सिकाएको भन्दै कांग्रेसले सो बाटो आत्मसात गर्नुपर्ने बताएका हुन् ।

‘बिपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात गर्न सक्नुपर्छ ।’ उनले भने, ‘त्यसो गर्दा मात्र बिपीप्रति सच्चा सम्मान हुनेछ ।’

नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि बिपीले गरेको योगदान सधैं स्मरणीय रहेको उनको भनाई छ ।

प्रकाशित मिति: ६ श्रावण २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्