देश दौडाहामा निस्किए महन्थ ठाकुर, आज ४ जिल्लामा भेला


 


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज (आइतबार) चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्दै छ ।

ठाकुर पक्षले विभिन्न जिल्लामा कार्यकर्ता भेलालाई तिव्र पारेको छ । यसबीच आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा कार्यकर्ता भेला गर्ने जनाएको छ।

सुनसरीमा डा. सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साहले सम्बोधन गर्नेछन् भने सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंहले तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि महन्थ ठाकुर पक्ष देश दौडाहामा निस्किएको छ । उक्त पक्षले साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्