प्रदेश १ मा विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति


 


विराटनगर, असोज २५
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् ।

आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएकाे हाे ।

प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, भीमराज राई,उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई बोर्डमा नियुक्त गरेको हो ।

प्रदेश खेलकुद विकास बोर्ड गठन गरिएकाे छ । जसमा पाँचथरका बाबा मेयाङ्वो उपाध्यक्ष बनेका छन् । भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन् । सदस्य सचिवमा कृष्ण बस्नेत, (परशुराम) चयन भएका छन् ।

प्रदेश श्रम सल्लाहकार समिति पनि बनाइएकाे छ । जसकाे उपाध्यक्षमा राजीव घिमिरे रहेका छन् । भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल,किशोर धमला,अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनार सदस्यमा नियुक्त भएका छन् ।

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्