आज पहाडी भूभागमा वर्षाको सम्भावना


 


काठमाडौं, असोज २५
आज सोमबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकलाई प्रतिकूल पार्ने कुनै उल्लेखनीय मौसम प्रणाली छैन । तर, पनि दिउँसो पहाडी भूभाममा बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मंगलबार गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । मंगलबार राति सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्