बारा जिल्लामा प्रभु साहको कार्यक्रममा उर्लियो जनसागर


 


बारा, असोज ३१
नेकपाको विभाजनपछि स्वतन्त्र रहेका नेता तथा पूर्वमन्त्री प्रभु साहको पक्षमा बारामा व्यापक जनसमर्थन देखिएको छ। बारा जिल्लाको सिम्रौंनगढ़ र बेलहियामा शनिबार आयोजित साह प्रमुख अतिथि रहेको शुभकामना आदानप्रदान कार्यक्रममा हजारौंको संख्यामा मानिसहरुको सहभागिता देखिएको हो।

हिन्दूहरुको महान पर्व दशै, दीपावली तथा छठ पर्वको अवसरमा सिम्रौनगढ नगरपालिकास्थित नारिवास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा नगरवासीको भीड लागेको थियो।

कार्यक्रममा सिम्रौनगढ नगरपालिकावासीले पुर्वमन्त्री साहलाई बाराको क्षेत्र नं १ बाट चुनाव लडन समेत आग्रह गरेका छन्। बाराका क्षेत्र १ को जनता विकासबाट बञ्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवावर्गले त्यहाँको विकासको लागि जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने बताए।

प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहेको बताउदै नेता साहले प्रदेश २ सरकारले विकास निर्माणमा असक्षम रहेको र भ्रष्टचारमा लित्प रहेको आरोप लगाए।

हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरुप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको जानकारी गराउँदै नेता साहले प्रहरीले पाउने यस्तो किसिमको कमिसनको व्यवस्था नै हटाउनुपर्ने माग समेत बताए ।

कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिब नागरिकलाई दुःख दिने गरेको नेता साहको भनाइ छ। । आफनो दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मलखाद्यलगायतका सामान खरिद गरी ल्याएको सामानलाई बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध भनी पक्राउ गरी अनावश्यक दुःख दिने कार्य स्वीकार्य नभएको उनले बताए ।

सो कार्यक्रममा उपस्थित नि. वर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा, यूवा नेता राजन यादव, त्रिभुवन साह, आई.टी. आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साह र प्रवक्ता विजय यादव निर्विज लगायतका वक्ताहरुले आई.टी.आर्मीलाई सशक्त बनाउन एकता सहकार्य, समन्वय, आपसी सदभाव कायम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: ३१ आश्विन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्