रोहितलाई कप्तानको जिम्मेवारी, विराट टोलीमा अटाएनन्


 


एजेन्सी, कार्तिक २४
भारतले यसै महिना हुने न्युजिल्यान्ड भ्रमणका लागि रोहित शार्मालाई कप्तानको जिम्मेवारी दिएको छ ।

नोभेम्ब १७ बाट सुरु हुने न्युजिल्यान्डविरुद्ध तीन ट्वान्टी२० खेलको शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । त्यस्तै केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

न्युजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ । आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटपछि छोटो संरचनाको क्रिकेट टोलीको कप्तानबाट हट्ने घोषणा गरेका विराट कोहलीलाई न्युजिल्यान्डविरुद्धको भ्रमणका लागि घोषणा गरेको टोलीमा समावेश गरिएको छैन ।

यस पटक भारतीय टोलीमा वेनकटेस अ‍ैयर, आभेस खान र हर्षल पटेललाई पनि समावेश गरिएको छ । त्यस्तै श्रेयस अ‍ैयर, मोहम्मद सिराज र युज्वेन्दर चाहलले भने टोलीमा पुनरागमन गरेका छन् ।

यस संस्करणको विश्वकपमा उपाधिको दाबेदार मानिएपनि भारतको यात्रा सुपर १२ मा सीमित भएको थियो ।

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्