टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई


 


काठमाडौं, कार्तिक २९
आइसिसि टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितको छ। आइतबार भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पहिलो टी–२० विश्वकप क्रिकेटको उपाधि उचालेको हो।

न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले २ विकेटको क्षतिमा ७ बल अगावै भेट्टाएको हो। उसका लागि मिचेल मार्सले ५० बलमा ७७ रन बनाए भने डेविड वार्नरले ३८ बलमा ५३ रनको योगदान दिए।

कप्तान आरोन फिन्च ५ रनमा पवेलियन फर्किँदा ग्लेन म्याक्सवेलले १८ बलमा २८ रन बनाए। बलिङमा अष्ट्रेलियाका ट्रेन्ट बल्टले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले ४ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो। विलियमसनले मात्र ४८ बलमा ८५ रन बनाए। त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए।

अस्ट्रेलियका लागि हेजलवुडले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने एडम जाम्पाले पनि २६ रन खर्चदै १ विकेट लिए।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्