तपाईलाई कसैले मन पराएको छ भने भाव कसरी बुझ्ने ?



काठमाडौं, कार्तिक २९
फेसबूक मेसेन्जर र ह्वाट्सयाप जस्ता प्ल्याटफर्म आएपछि मानिसहरू आफ्नो मनको कुरा सहजै बताउन थालेका छन् । तर च्याटका क्रममा कतिपय अवस्थामा टेक्स्टमा लुकेको भावलाई बुझ्न अलि मुश्किल पर्छ ।

तर यहाँ हामी च्याटको टेक्स्टहरूमा लुकेको भाव कसरी थाहा पाउने भनी सिकाउँछौं । तपाईंलाई कुनै युवतीले मन पराइन् भने च्याटमा ऊ सधैं तपाईंको निकनेम लेखेर कुरा गर्छिन् । तपाईंलाई मुटुको भित्री तहबाट उनले मन पराउँछिन् भन्ने संकेत यसबाट पाउनुहुनेछ ।

औपचारिक कुराकानी वा नातेदारसँगको गफगाफमा मानिसहरू इमोजी त्यति प्रयोग गर्दैनन् । तर आफ्नो क्रशसँग कुरा गर्दा मानिसहरू हार्ट इमोजीको उपयोग खुबै गर्छन् ।
मन पराएको मानिसले तपाईंको हालखबर सोधेर दिनभरिको योजनाका बारेमा पनि प्रश्न गर्छन् । तपाईंलाई भेट्न वा डेटिङ गर्नका लागि अनेक किसिमका बहाना उनीहरूले बनाउँछन् । त्यस्ता संकेतहरूलाई तपाईं आफैंले चिन्नुपर्ने हुन्छ ।

तपाईंले फेसबूकमा के पोस्ट गर्नुभयो ? प्रोफाइल पिक्चर कहिले चेन्ज गर्नुभयो ? यस्ता कुरा जान्न मन पराएको मानिसलाई खुबै चासो हुन्छ । अनि नयाँ प्रोफाइल पिक्चर र पोस्टमा उनीहरूले अवश्यै कमेन्ट गर्छन् । तपाईंलाई मन पराउने मानिसले पुरानो कथा वा बाल्यकालको तस्वीर पनि शेयर गर्छ । जीवनसाथी बनाउने सोच भएकाहरूसँग मात्र यस्ता कुराहरू शेयर गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News