समता कर स्थगितलगत्तै निजी विद्यालय सञ्चालकसँग शिक्षामन्त्रीको बैठक
काठमाडौं । शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् ।
शिक्षामन्त्री पोखरेलको सचिवालयका अनुसार शिक्षा मन्त्रालयमा आज अपराह्न ४ बजेका लागि निजी विद्यालय सञ्चालकहरूलाई बोलाइएको हो ।
बैठकमा शिक्षामा ३ प्रतिशत कर हटाइएको विषयसहित समसामयिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
छलफलमा प्याप्सन, एनप्याब्सन, हिसानसहितका निजी विद्यालय सञ्चालक प्रतिनिधिलाई बोलाइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निजी शिक्षा क्षेत्रमा लगाइएको ३५ समता करले गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो भन्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँगको परामर्शपछि उक्त कर तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार







