राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई


 


काठमाडौं, मंसिर १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन् ।

पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीट गरेका छन् ।

मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्