राप्रपा महाधिवेशन : राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी



काठमाडौं, मंसिर १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् ।

महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् ।

शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News