महामन्त्रीका उम्मेदवार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै


 


काठमाडौं, मंसिर २३
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।

थापाकाे सचिवालयका अनुसार उनले दिउँसाे ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्पसहितकाे अवधारणापत्र सार्वजनिक गर्न लागेकाे हाे ।

‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले भनेका छन् ।

भाेलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन् ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्