माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय



काठमाडौँ, पौष ११
नेकपा माओवादी केन्द्रले आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ।

पार्टी स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए ।

प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए । सम्मेलनको तयारीस्वरुप शनिबार अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए ।

माओवादीको केन्द्रीय कमिटी बैठक आइतवार विहान ८ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News