Deshko News
११ आश्विन २०८०, बिहिबार

शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने दाउमा महिला भलिबल टोली



काठमाडौं, पौष ११
एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् ।

बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल १:१५ मा हुनेछ ।

नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा छ भने उज्वेकिस्तान नौ अंक जोड्दै शिर्ष स्थानमा छ । सात अंक जोडेको श्रीलंका तेस्रो स्थानमा र तीन अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ । बंगलादेश र माल्दिभ्स अंकविहीन छन् ।

साविक विजेता टोलीले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्व ३-२ को जित निकाल्दै श्रीलंकासँग एक अंक बाँडेको थियो । यस्तै शुक्रबार माल्दिभ्स र शनिबार घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो ।

यसैगरी आइतबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल ३:४५ मा हुनेछ । प्रतियोगितामा एक जित र दुई हार बेहोरेको पुरुष टोलीले तीन अंक जोडेको छ । यस्तै समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् । उज्वेकिस्तानले पनि तीन अंक प्राप्त गरेको छ ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News