कश्मिर भिडन्तमा मारिए २० बर्षिय नेपाली युवा



एजेन्सी, कार्तिक १६

साेमबार पाकिस्तान र भारतको भिडन्तमा परेर भारतीय सेनामा कार्यरत नेपाली युवा मारिएका छन् । पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्ढर क्षेत्रमा सोमवार भएको भिडन्तका क्रममा भारतीय बोर्डर सेक्युरिटी फोर्समा कार्यरत २० वर्षीय बिमल तामाङको ज्यान गएको हो। विमलकाे घर पूर्वी नेपालकाे धरान रहेकाे बुझिएकाे छ ।

याे भिडन्तमा भारतीय सेनाका चार जवान घाइते भएका छन् । मेन्ढरको बालाकोट गाउँस्थित एलओसीससँगै जोडिएको इलाकामा पाकिस्तान र भारतको तर्फबाट ठू‍लोमात्रामा गोलाबारी भएकाे थियो।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News