Deshko News
११ आश्विन २०८०, बिहिबार

प्रदेशसभा उपसभामुखहरू माओवादी केन्द्रीय सदस्य !



काठमाडौँ, पौष १९
कर्णाली र वाग्मती प्रदेशका उपसभामुखहरू नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुवैको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् ।

संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने गरेका छन् । त्यो अभ्यासविपरीत कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती र वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ माओवादी केन्द्रीय सदस्य बनेका हुन् ।

घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् । महाधिवेशनको बन्दसत्रमा दुवैको नामा छोटकरीमा वाचन गरिएको थियो । पी. घर्ती र आर. तामाङको नाम वाचन गरिएको थियो । दाहालले ‘किन यस्तो गरिएको हो ?’ भनेर हलमा प्रश्न गरेका थिए । उनैले फेरि ‘टेक्निकल परेको होला’समेत भनेका थिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News