पुरानै नेतृत्व, पुरानै नीति


 


काठमाडौँ, पौष २०
पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए ।

राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि टार्न नसक्ने भएपछि उनीहरूले महाधिवेशन सम्पन्न गरेका छन् । डेढ महिनाको अवधिमा नेपाली काँग्रेसदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मका पाँच दलले महाधिवेशन सम्पन्न गरे । कात्तिक अन्तिम साता नेकपा मालेबाट सुरु भएका महाधिवेशनको क्रम एमाले, काँग्रेस, राप्रपा हुँदै माओवादी केन्द्रमा आएर सकिएको हो ।

राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो । तर दलका महाधिवेशनले नीति मात्र होइन नेतृत्व पनि परिवर्तन ल्याउन सकेन । नीतिभन्दा नेतृत्व छनोटमा केन्द्रित पाँचमध्ये एउटा एउटा दल राप्रपाले मात्र पुरानो नेतृत्वलाई विस्थापित गरेको छ । अन्य चार दलले पुरानै नेतृत्वलाई पुनः अनुमोदन गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्