कश्मिरमा तनाव जारी १४ जनाको मृत्यु, २२ घाइते


 


एजेन्सी ।

जम्मु–काश्मिरको सीमा क्षेत्रमा भएको दोहोरा भिडन्तमा १४ जनाको मृत्यु भएको छ ।

सीमा जोडिएको दुई क्षेत्रमा पाकिस्तानको तर्फबाट प्रहार भएको गोली लागेर २ बालबालिका सहित ८ जनाको मृत्यु भएको र २२ जना घाइते भएका भारतीय अधिकारीले जनाएका छन् ।

यस्तै भारतको तर्फबाट प्रहार भएको गोली लागेर आफ्ना ६ जना नागरिकको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

भारत र पाकिस्तानले एकअर्कामाथि नियन्त्रण रेखामा गोली चलाएको आरोप लगाएका छन् ।

लगातारको संघर्षका कारण सीमा क्षेत्रका दुवै देशका नागरिक विस्थापित हुन थालेका छन् ।

काश्मिरको विषयलाई लिएर गएको तीन महिनादेखि भारत र पाकिस्तानबिचको तनाव निकै नै चर्केको छ ।

नियन्त्रण रेखा क्षेत्रमा भइरहेको दोहोरा भिडन्त अझै रोकिएको छैन ।

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्