Deshko News
११ आश्विन २०८०, बिहिबार

गठबन्धन सरकारलाई महासंघको चेतावनी-स्थानीय तहमा जनप्रतिनिधि विहिन हुने एक दिन पनि छुट छैन्



काठमाडौं, माघ १६
नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले वर्तमान गठबन्धन सरकारलाई स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर्न माग गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेको भन्दै महासंघले अविलम्ब निर्वाचनको मिति घोषणा गरी चुनावको वातावरण बनाउन माग गरेको हो ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै संविधान बमोजिम स्थानीय तहको चुनान हुनुपर्ने भन्दै एक दिन पनि स्थानीय तहमा जनप्रतिनिधिविहिन हुने छुट नरहेको देउवा सरकारलाई सम्झाएको छ ।

संविधानको पूर्ण पालन गर्न नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष एल पी साँवा लिम्बुले देउवा सरकारलाई चेतावनी दिएका छन् । देउवा सरकारले देशको अर्थतन्त्र थिलथिलो पारेको समेत अध्यक्ष लिम्बुले आरोप लगाएका छन् ।

गठबन्धन सरकारको गलत आर्थिक नितिका कारण देशको अर्थतन्त्र समस्याग्रस्त भएको महासंघको ठहर छ । केपी शर्मा ओली सरकारले घोषणा गरेका राहत प्याकेज कार्यान्वयन गर्न एवम् वर्तमान गलत आर्थिक नितिहरुलाई सच्चाउन समेत महासंघले माग गरेको छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News