रास्वपाको महाधिवेशनमा विश्वका विभिन्न राजनीतिक दलबाट शुभकामना



काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका अवसरमा भारत, चीन तथा एशियाका विभिन्न देशका राजनीतिक दलहरूले शुभकामना सन्देश पठाएका छन्।

चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटन सत्रमा परराष्ट्रमन्त्री तथा रास्वपाका नेता शिशिर खनाल ले ती शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए।

उनका अनुसार भारतीय जनता पार्टी का राष्ट्रिय अध्यक्ष नीतिन नवीन, चिनियाँ कम्युनिष्ट पार्टी को अन्तर्राष्ट्रिय विभाग, International Conference of Asian Political Parties तथा भुटान, बङ्गलादेश, मलेसिया र दक्षिण कोरियाका सत्तारुढ तथा अन्य राजनीतिक दलहरूले शुभकामना दिएका छन्।

शुभकामना सन्देशहरूमा नेपालको स्थिरता, विकास र समृद्धिका लागि रास्वपाले प्राप्त गरेको जनमतको प्रशंसा गर्दै आपसी सम्बन्ध, सहकार्य र मित्रतालाई अझ सुदृढ बनाउन जोड दिइएको मन्त्री खनालले बताए।

रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा जारी छ, जहाँ पार्टीको नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको छ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्