रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा



काठमाडौं, माघ २१
एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो । यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो ।

अब, फाइनल प्रवेशका लागि बिल्वाओले भ्यालेन्सियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News