आइपिएल २०२२ : सन्दीप लामिछाने ‘अनसोल्ड’



काठमाडौ, फागुन १
नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२२ को सिजनका लागि भएको अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।

आज भएको अक्सनमा उनलाई कुनै पनि टोलीले बोली लगाएनन् । नेपालबाट १५ खेलाडीले आईपीएलको मेगा अक्सनका लागि रजिष्ट्रर गरेका थिए । त्यसमध्ये सन्दीप मात्र अक्सनका लागि चुनिएका थिए ।

उनी पछिल्लो तीन सिजन दिल्ली क्यापिटल्ससँग आबद्ध थिए । उनलाई दिल्लीले सन् २०१८ को सिजन २० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यससँगै उनी आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News