युईएफए च्याम्पियन्स लिग : रियल म्याड्रिडलाई हराउँदै पीएसजी विजयी


 


एजेन्सी, फागुन ४
युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्पेनिस क्लब रियल म्याड्रिडलाई १–० ले पराजित गरेको हो ।

इन्ज्युरी समयको अन्तिमतिर केलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन् । पार्क डेस प्रिन्सेस मैदानमा पाहुना टोलीलाई निकै दबाबमा राखे पनि गोलका लागि निकै अन्तिमसम्म कुर्नु परेको थियो ।

एम्बाप्पेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

त्यसअघि खेलको ६२औं मिनेटमा मेसी पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता लिन मौका गुमाएको थियो । पहिलो लेगमा पाएको जितसँगै पिएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्