फुटबल हेर्न गएका समर्थकबीच हानाहान


 


एजेन्सी, फागुन २३ 
मेक्सिकोमा फुटबल हेर्न गएका समर्थकहरुबीच हानाहान भएको छ ।

मेक्सिकोको स्थानीय लिगका शीर्ष दुई टोलीबीच खेल भइरहेको समयमा समर्थकहरुबीच झडप भएको हो ।

आइतबार राति समर्थकहरुबीच हानाहान हुँदा कम्तीमा २६ जना घाइते भएका हुन् ।

यससँगै क्युरेटारो र एटलासबीचको खेल पनि ६३ मिनेटपछि रोकिएको थियो।

केही खेलाडीहरुले समर्थकहरुलाई झगडा नगर्न सम्झाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन।

झडपमा २६ जना मानिसहरु घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्