Deshko News
१४ आश्विन २०८०, आइतबार

चीनले गर्यो जे २० लडाकु विमान सार्वजनिक, भारतको सातो गयो



china_plane

एजेन्सी ।

चीनले झुहाईमा आयोजित एयरशो मा पहिलो चोटी स्टील्थ लडाकु विमान चेंगदु जे २० सार्वजनिक गरेको छ ।

यो विमान २०१८ सम्म चिनियाँ सेनालाई उपलब्ध गराइने छ ।

यो विमान चिनियाँ सेनालाई उपलब्ध हुनासाथ उसको शक्ति त बढ्ने नै छ साथ साथै उसको बजारमा माग पनि त्यति नै बढ्ने छ ।

पाकिस्तानले पनि जे २० विमान किन्नको लागि चीनसँग कुरा गरिरहेको छ ।
जसलाई लिएर भारत निकै चिन्तित बनेको छ ।

जे २० स्टिल्थ विमान हुने देशहरुमा चीन विश्वकै दोस्रो देश बनेको छ ।

अहिले सम्म मात्र अमेरिकासँग स्टिल्थ लडाकु विमान रहेको र अब अमेरिकालाई टक्कर दिन चीनले पनि फड्को मारेको बीबीसीले जनाएको छ ।

यस्ता छन् विमानका विशेषता

(१) २१ सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने

(२) ३६ हजार किलोग्राम भन्दा बढी वजन लिएर उड्न सक्ने

(३) २५ हजार पाउण्ड इन्धन भरिने

(४) एउटा मात्रै चालकको लागि ठाउँ भएको र धेरै भन्दा धेरै आकाशमा मार हान्न सक्ने मिसाइल भन्दा अगाडी जान सक्ने ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News