राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधीको उपाधि प्रदान


 


pranav-mukharjee-in-army-officer-club-581af8e62804c7-76364153

काठमाडौं, कात्तिक १८

नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणब मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधीको उपाधि प्रदान गरेको छ ।

बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहबीच प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मुखर्जीलाई मानार्थ महाविद्यावारिधी को उपाधि प्रदान गरेका हुन् ।

पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना सकेपछि भारतीय राष्ट्रपति मुखर्जी मानार्थ विद्याविरिधीको उपाधि ग्रहण गर्न भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लब गएका थिए ।

उक्त कार्यक्रममा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, विश्वविद्यालयका उपकुलपति प्रा.डा रामकण्ठ मकाजु श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

आजै साँझ ४ बजे राष्ट्रिय सभा गृहमा मुखर्जीको नागरिक अभिनन्दन कार्यक्रम रहेको छ ।
अभिनन्दन कार्यक्रमको लागि राष्ट्रिय सभा गृहलाई सजाइएको छ ।

उक्त कार्यक्रममा महानगरपालिकाद्धारा मुखर्जीलाई साँचो हस्तान्तरण गरिने छ ।
साथै कार्यक्रममा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिति रहने छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्