हप्तामा दुईदिने बिदा नीतिमाथि पुनर्विचारको संकेत, कोशी सरकारले माग्यो सुझाव



विराटनगर। कोशी प्रदेश सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने व्यवस्थामाथि पुनर्विचार गर्ने तयारी थालेको छ।

कोशी सरकारले दुईदिने बिदाले खर्च तथा इन्धन खासै उपलब्धि नदेखिएको निचोडसहित उक्त व्यवस्थामाथि पुनर्विचार गर्ने तयारी थालेको हो ।

उक्त विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत सुझाव माग्दै, प्रदेश मातहतका कार्यालयलाई पुनः पुरानै अभ्यासअनुसार हप्तामा एक दिन (शनिबार) मात्र बिदा राखी बाँकी छ दिन काम गर्ने व्यवस्था उपयुक्त हुने कि नहुने भन्नेबारे प्रतिक्रिया दिन आग्रह गरेका छन्।

कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर ९साबिक झैँ बिदा शनिबार १ दिन मात्रै० कायम गर्दा कस्तो होला रु हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ १ मुख्यमन्त्री कार्कीले लेखेका छन् ।

पाँच कार्यदिने प्रणालीले कामको समय व्यवस्थापनमा चुनौती देखाएको र आर्थिक बचत तथा सञ्चालन खर्च घटाउने लक्ष्यसमेत अपेक्षाकृत रूपमा हासिल हुन नसकेको उनको भनाई छ ।

केन्द्रिय सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार सातामा दुई दिन बिदा र दैनिक कार्यालय समय परिवर्तन गर्ने व्यवस्था लागू गरेको थियो। पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई आधार मानेर उक्त निर्णय गरिएको थियो।

तर, पछिल्लो समय दुइदिने बिदाले सेवाग्राही र अस्पतालमा ओपीडी बिरामीलाई मार परेको, शिक्षण संस्थासमेत बिदा हुँदा विद्यालयमा कोर्स सक्ने दबाबदेखि विद्यार्थी र अभिभावकसमेतलाई समय व्यवस्थापन गर्न अव्यवहारिक भएको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्