सभा गृहमा हुने मुखर्जीको नागरिक अभिनन्दनमा मोबाइल लैजान नपाइने

काठमाडौं, कात्तिक १८
भारतका राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा हुनलागेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेहरूलाई मोबाईल लैजान निषेध गरिएको छ ।
महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उपस्थितिको लागि गरेको निमन्त्रणा नै मोबाइल निषेध भनेर उल्लेख गरिएको छ ।
बिहीबार साँझ ४ बजे मुखर्जीलाई राष्ट्रिय सभा गृहमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार