नाकाबन्दी गरेर दुःख दिने भारतका राष्ट्रपतिको स्वागत गर्न नसकिने भन्दै पोखरामा तोडफोड


 


pranab-mukharjee

काठमाडौं, कात्तिक १८

नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा काठमाडौंमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा जानु अगावै पोखरामा विरोध सुरु भएको छ ।

नाकाबन्दी गरेर सारा नेपालीलाई दुःख दिने भारतका राष्ट्रपतिको स्वागत गर्न नसकिने भन्दै पोखरामा स्थानीय युवाहरुले बुधबार राति मुखर्जीको स्वागतमा बनाइएको स्वागत गेट तोडफोड गरेका छन् ।

उनीहरुले गेटमा स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स र राष्ट्रपति मुखर्जीको फोटो च्यातेका छन् ।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धी बज्राचार्यले गेटमा सामान्य च्यातिएको बताए । उनका अनुसार सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर प्रहरीले नयाँ फ्लेक्स लगाइसकेको छ ।
स्वागत गेटको सुरक्षा तथा राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि पोखरा सहरभरी अहिले प्रहरीले निरन्तर गस्ती गरिरहेका छन् ।

भारतीय राष्ट्रपति मुखर्जीको शुक्रबार पोखरा भ्रमणमा जाने कार्यक्र रहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्