लोसपा सरकार र गठबन्धनमा सहभागी हुने


 


काठमाडौं, चैत्र १५
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ । सरकारमा सहभागी भएपछि स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा सहभागी हुने विषयमा पनि छलफल भइरहेको छ ।

यो विषयमा सो पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग घनिभूत छलफलमा छन् । सो छलफललाई केही दिनभित्रै सार्थक रूप दिन उनीहरू सकारात्मक रहेको स्रोतको दाबी छ ।

सरकार र पाँच दलीय गठबन्धनमा सहभागिता तथा ३० वैशाखमा हुने निर्वाचनका विषयमा छलफल गर्न लोसपाले भोलि बुधबार पार्टीको कार्यकारिणी समिति बैठक बोलाएको छ ।

लोसपा नेता सञ्जय यादवका अनुसार बैठकमा निर्वाचनसहित विभिन्न विषयमा छलफल हुनेछ । प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर फर्केलगत्तै यो विषयलाई किनारा लगाउने विषयमा छलफल अगाडि बढेको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्