को बन्लान् काठमाडौं महानगरको मेयर ?



काठमाडौं, चैत्र १६
काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ ।निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको सबैभन्दा ठूलो काठमाडौं महानगरमा चुनावी सरगर्मी बढ्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र गम्भीर छलफल जारी छ । यस्तै, ललितपुर महानगरपालिकामा समेत मेयरको टिकट पाउन आकांक्षीहरू शीर्ष नेताको घरदैलोमा पुग्न थालेका छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रमा उम्मेदवार सिफारिस गरिसक्न एमालेले स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News