स्थानीय तह निर्वाचन : ३ हजार मतदान केन्द्र अति संवेदनशील



काठमाडौं, चैत्र १७
स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ।

भारतसँग सिमाना जोडिएका तराईका र विभिन्न भूमिगत समूह र निर्वाचन बहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ।

निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ। नेपाली सेनाको सङ्ख्या भने खुलाइएको छैन।

गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिमा ज्वाला समूह, निर्वाचन बहिष्कार गरेको वैद्य निकट नेकपा माओवादी, सिके राउतको जनमत पार्टीलगायतका केही साना दल चुनौतीको रूपमा रहेको उल्लेख गरिएको छ।

त्यसका लागि गृह मन्त्रालयले तीनै सुरक्षा निकायलाई संवेदनशील क्षेत्र र मतदान केन्द्रमा विशेष निगरानी अपनाउन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News