लिबियामा डुंगा दुर्घटना


 


dunga-durghatnaaकाठमाण्डौ, कार्तिक १९

लिबियामा दुई छुट्टाछुट्टै डुंगा दुर्घटना हुँदा कम्तिमा २ सय ४० जना आप्रवासीको मृत्यु भएको छ ।

शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघको संस्था युएनएचसीआरले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डुंगा दुर्घटनामा कम्तिमा २ सय ४० जनाको मृत्यु भएको जनाएको हो ।

यो संख्यासँगै भूमध्यसागरीय क्षेत्रबाट जीवनलाई खतरामा राखी युरोप तथा विश्वका अन्य मुलुक जाने क्रममा सन् २०१६ मा ४ हजार दुई सय २० आप्रवासीको मृत्यु भएको राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इटालीस्थित यूएनएचसीआरकी प्रवक्ता कारलोटा समीका अनुुसार आप्रवासी दुईवटा रबरका डुंगा दुर्घटनामा जम्मा ३१ जना बाँच्न सफल भएका छन् ।

दुबै डुंगामा यात्रारत ती यात्रु प्रायःजसो सहारा क्षेत्रका अफ्रिकी नागरिक रहेको बताइएको छ । तर यूएनएचसीआरका इटालीस्थित प्रतिनिधि समीका अनुसार डुंगा दुर्घटनामा कति र कहाँका नागरिकको मृत्यु भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईएमओ)का अनुसार सन् २०१५ मा भूमध्यसागरीय क्षेत्रमा ३ हजार ७ सय ७७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्