त्रिकोणात्मक टि–२० सिरिज : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्ने


 


काठमाडौं, चैत्र २१
त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी भिड्ने भएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो ।

समान ४ खेलमा १–१ खेल जितेका मलेसिया र पिएनजीको २ अंक छ तर नेटरनरेटमा अगाडी रहँदै पिएनजीले नेपालसँगको भेट पक्का गरेको हो ।

आज दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्