खिलराज रेग्मीले भने – आचारसंहिता पालना होस्


 


काठमाडौँ, चैत्र २४
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् ।

आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचारसंहिता पालनामा सबैले ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

संविधानसभामार्फत संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकांक्षालाई मूर्तरुप दिन उनकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो सफल निर्वाचन गरेको थियो । उक्त निर्वाचनमा ७८३४ प्रतिशत मतदान भएको थियो ।

तीनै तह (सङ्घ, प्रदेश र स्थानीय तह)को निर्वाचन गर्नुपर्ने भएकाले आगामी वर्षलाई निर्वाचन वर्षका रुपमा लिन सकिने उल्लेख गर्दै उनले जनताले चाहेका उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न तथा निर्वाचनमा जनसहभागिता, प्रतिस्पर्धा, स्वच्छता, विश्वसनीयता कायम गर्ने वातावरण बनाउनु सबैको पहिलो कर्तव्य भएको बताए ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्