स्थानीय तह निर्वाचन : पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस


 


काठमाडौं, चैत्र २५
आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा सिट बाँडफाँटको मापदण्ड’ भने टुंगो लाग्न सकेको छैन ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल ९जसपा० र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू आफूअनुकूल तालमेल तथा सिट बाँडफाँटको रणनीतिमा छन् । केन्द्रमा पाँच दलीय गठबन्धनबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएसँगै विभिन्न जिल्लामा चुनावी गठबन्धनको सहमति भइरहेको छ ।

जाजरकोट, अछाम, तनहुँ, चितवन, नुवाकोट, धनकुटा, कास्की, कञ्चनपुर, अर्घाखाँची, बागलुङ, तेह्रथुम, पाल्पा, गुल्मी, कैलाली, लम्जुङ, दैलेख, खोटाङ, सुनसरी, सुर्खेतसहित दर्जनौं जिल्लामा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।

जिल्ला जिल्लाबाट कुन पार्टीको यथार्थ विवरण के हो भन्ने संकलन भइरहेको छ । २६ गतेभित्रमा यथार्थ विवरण आइसकेपछि सिट बाँडफाँटको मापदण्ड निर्धारण गरेर अगाडि बढ्ने गठबन्धनको रणनीति छ ।

कांग्रेसका वरिष्ठ नेता एवं स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले आगामी निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको र छिट्टै नै सिट बाँडफाँटको समेत टुंगो लगाउने बताए । राजधानी दैनिकबाट

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्