आईपीएल : लखनउसँग दिल्ली ६ विकेटले पराजित



एजेन्सी, चैत्र २५
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित हासिल गरेको छ ।

मुम्बईमा बिहीवार राति भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

जीतसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ । लखनउ दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्ली ३ खेलमा २ अंकसहित सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News