आईपीएल : बैंगलोरसँग मुम्बई इन्डियन्स ७ विकेटले पराजित


 


एजेन्सी, चैत्र २७
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स रोयल्स च्यालेन्जर्स बैंगलोरसँग पराजित भएको छ । गएराति भएको खेलमा मुम्बई बैंगलोरसँग ७ विकेटले पराजित भएको हो । पुनेमा मुम्बईले जितका लागि दिएको १५२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरका लागि अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै कप्तान विराट कोहलीले ४८ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका प्रहार गरे । फाफ डू प्लेसीले १६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि जयदेव गटाखण्ड र डेवाल ब्रेविसले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनायो । मुम्बईका लागि सुर्यकुमार यादवले नट आउट ६८ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै इसन किसन र कप्तान रोहित शर्माले समान २६–२६ रनको योगदान गरे ।

बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले दुई–दुई विकेट लिए । त्यस्तै आकाश दीपले एक विकेट लिए । जितसँग बैंगलोरले ४ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्