आईपीएल : गुजरातको पहिलो हार, हैदराबाद विजयी


 


एजेन्सी, चैत्र २९
इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।

गएराति सनराइजर्स हैदराबादसँग ८ विकेटले गुजरात पराजित भएको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

गुजरातको यो आईपीएलको पहिलो हार हो । यसअघि उसले तीन खेलमा लगातार जीत निकाल्दै अपराजित रहेको थियो ।

हैदराबादले ४ खेलमा दोस्रो जित हात पारेको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्