गठबन्धनद्वारा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान


 


काठमाडौं, चैत्र २९ 
पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सोमबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको हो।

बाँकी ६ हजार ७ सय ४७ तहमा भने तालमेल’दयगत निर्णय गर्न प्रदेश, जिल्ला र स्थानीय तहलाई अधिकार दिने र तहगत रूपमा संयुक्त संयन्त्र बनाउने सहमति शीर्ष तहमा भएको छ ।

पाँच दलीय गठबन्धनले तालमेलको मोडालिटी तय गर्न भन्दै बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगरपालिकाको उम्मेदवार केन्द्रबाटै तय हुने र बाँकी स्थानीय तहमा तहगत रूपमा संयुक्त संयन्त्रमार्फत निर्णय हुने जानकारी दिए । राजधानी दैनिकबाट

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्