सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा


 


२९ चैत्र, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक साँझ ४ बजे बस्न लागेको हो ।

आजको बैठकमा कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सोमबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको हो ।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्