चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


 


काठमाडौं, चैत्र ३०
सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा बस्न लागेको हो ।

बैठकमा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र सम्बन्धमा छलफल हुने बताइएको छ ।

बैठकमा सहभागिताका लागि कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्