स्थानीय तहका उमेदवार टुङ्गो लगाउन कांग्रेसले सात सहमहामन्त्रीलाई प्रदेशमा पठाउने



काठमाडौं, वैशाख १
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचन तयारीका लागि सातै प्रदेशमा ७ जना सहमहामन्त्रीहरूलाई पठाउने भएको छ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको हो ।

उनीहरूले प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । प्रदेशमा टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउनेछन् । वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउनेछ ।

वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News