काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने नेकपा एसको दाबी


 


काठमाडौं, वैशाख १
नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।

सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन् ।

समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको बताए ।

प्रकाशित मिति: १ बैशाख २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्