आईपीएल : राजस्थानलाई ३७ रनले पराजित गर्दै गुजरात शीर्ष स्थानमा


 


एजेन्सी, वैशाख २
इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

यस जीतसँगै गुजरातले ५ खेलमा ८ अंक जोडेको छ । गुजरातको यो चौंथो जीत हो ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्