इंग्लिस प्रिमियर लिग : युनाइटेडको जितमा रोनाल्डोको ह्याट्रिक


 


एजेन्सी, वैशाख ४
क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नर्विच सिटी ३–२ ले पराजित भएको हो ।

जितसँगै युनाइटेडले शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । युनाइटेडका तर्फबाट रोनाल्डोले ह्याट्रिक गरेका थिए । भने नर्विच सिटीको तर्फबाट किइरन डोवेल र टीमु पुक्कीले गोल गरे ।

३७ वर्षीय रोनाल्डोको प्रिमियर लिगको जारी सिजन यो १५औँ गोल हो । जितपछि युनाइटेडले ३२ खेलबाट ५४ अंक जोडेको छ । समान ५४ अंक जोडेको आर्सनल छैटौँ स्थानमा छ ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्