आईपीएल : गुजरातको पाँचौं जित, चेन्नईको पाँचौं हार


 


एजेन्सी । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौ जीत निकालेको छ ।
गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराउँदै गुजरातले पाँचौं जीत निकालेको हो ।

चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । यस जीत सँगै गुजरातले ६ खेलमा १० अंक जोडेको छ ।

गुजरात शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईको यो पाँचौं हार हो ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्